चितवन, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती   दोभानमा ठूलो पहिरो खस्दा सडक बन्द भएको हो। उज्यालो भएसँगै डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो  ।

राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर