काठमाण्डौ, २० असार । इंगल्याण्ड र डेनमार्क युरोकप फूटबलको सेमिफाइनलमा प्रबेश गरेकाछन । युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा इंगल्याण्डले युक्रेनलाई ४-० गोल अन्तर र डेनमार्कले चेक गणतन्त्रलाई २- १ ले पराजीत गरेका हुन ।
आइतबार बिहान इटालीमा भएको क्वाटर फाइनल खेलमा इंग्ल्याण्डलाई सहज जित दिलाउन कप्तान ह्यारी क्यानले दुई गोल गरे । ह्यारी मग्वायर र जोर्डन हेन्डरसनले एक गोल गरे।
यस जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको छ । यसअघि इंग्ल्याण्ड सन् १९९६ मा घरमै भएको प्रतियोगितामा सेमिफाइनलसम्म पुगेको थियो ।
यसैगरी शनिबार राति नै भएको अर्को क्वाटर फाइनलखेलमा चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्कले अन्तिम चारको यात्रा तय गरेको हो । डेनमार्कको जितमा थोमस डिलानी र केसपर डोलबर्गले एक एक गोल गरे। चेक गणतन्त्रका लागि प्याट्रिक सिकले एकगोल गरे। प्रतियोगितामा उनको गोल संख्या ५ पुगेको छ। उनले सर्वाधिक ५ गोल गरेका क्रिस्टियानो रोनाल्डोको बराबरी गरेका छन्।
डेनमार्क सन् १९९२ पछि पहिलोपटक युरो कपको सेमिफाइनलमा पुगेको हो। इंग्ल्याण्ड र डेनमार्क फाइनल प्रवेशका लागि बुधबार राति प्रतिस्पर्धा गर्ने भएका छन्।
