काठमाडौँ, १९ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको ज्यान गएको छ ।
यससहित कोरोनाबाट ज्यान जानेको संख्या ९१९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा कुल २३२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी चौविस घण्टामा ३०६६ जना कोरोनाबाट विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको मन्त्रालयले जनाएको छ ।
