काठमाडौं,१७ असार । पछिल्लो चौवि घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ९१४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २७६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससहित संक्रमित संख्या ६ लाख ४० हजार ६६२ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घन्टामा ४०१७ जना संक्रमणबाट विसेक भएका छन् ।
यस सहित अहिलेसम्म ६ लाख १ सय ४९ जना विसेक भईसकेको मन्त्रालयले जनाएको छ ।
