जनकपुर, १७ असार । धनुषा र सिरहा जोड्ने कमला पुल सञ्चालनमा नआउँदै भासिएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित उक्त पुल गत असार १३ गते हस्तान्तरण गरी सञ्चालनमा ल्याउने सम्झौता भएको थियो ।

सो पुलको १२ वटा स्पानमध्ये एक स्पान १ फिट भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताउनुभएको छ ।

सो पुल पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीबाट निर्माण कार्य गर्ने ठेक्का पाएको भएपनि अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर