काठमाडौँ, १७ असार । अमेरिकाको रक्षा सहकार्यअन्तर्गत अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमा प्रयोग हुने विभिन्न सामग्री सहयोग गरेको छ ।
अमेरिकाले सहयोग गरेका कुल लागत १० लाख डलर वरावरका सामाग्रीहरुमा ‘आउट बोर्ड मोटर’ सहित चारवटा रेस्क्यु बोट (डुंगा) रहेको नेपाली सेनाले जनाएको छ ।
अमेरिकी दूतावासअन्तर्गत रक्षा सहकार्य कार्यालयका प्रमुख मेजर माइकल ह्वाइटले उक्त सामग्री नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

 

सेनाका अनुसार अमेरिकी सहयोगका डुंगा बाढी–डुबानजस्ता विपद्मा उद्धार तथा राहत कार्यका लागि उपयोगी हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर