काठमाडौं, १६ असार । पछिल्लो चौविस घण्टामाकोरोना भाइरस संक्रमणबाट थप ४१ जनाको ज्यान गएको छ ।
यो सहित कोरोनाबाट ज्यान जानेको संख्या ९११२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घन्टामा पिसिआर र एन्टीजेन परिक्षण गर्दा २८९२ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही समयावधिमा ३५९७ जना कोरोनाबाट विसेक भएका छन् । यो सहित विसेक हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर