काठमाडौं ७ असोज । आज नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ विन्दु पुगेको छ भने कारोबार रकममा पनि कमी आएको छ।
आज ७.०६ अंकले बढेको सेयर बजारमा ७ अर्ब रुपैयाँ बढिको कारोबार भएको थियो।

यसदिन ३५२ वटा स्क्रिप्सको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २५३ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो।

आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर ८.५४ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३८ करोड मूल्य बराबरको कारोबार गर्यो। रिलायन्स स्पिनिङ्गस मिल्सले २१ करोडको कारोबार गर्दा हिमालयन डिस्टिलरीको २० करोड,लक्ष्मी सनराइज बैंकले १८ करोड र आँखु खोला जलविद्युतले १७ करोडको सेयर कारोबार गरे।

यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिए।

प्रतिक्रिया

सम्बन्धित खवर