काठमाडौं, १३ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३४ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ९००९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही समयावधिमा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससहित कोरोना संक्रमित संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ ।
यसैगरी चौविस घण्टामा कोरोनाबाट ३००७ विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको मन्त्रालयले जनाएको छ ।
