जाजरकोट , १३ असार । धोएका कपडा विजुलीको तारमा सुकाउन लाग्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
नलगाड नगरपालिका–१० की २३ वर्षीय रमिता ध्यार रहेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो बेलुका केरेन्ट लागेर घाइते भएपछि उनलाई उपचारार्थ तत्काल रुकुमपश्चिमको आठबीसकोट–९ राडीस्थित नगर अस्पतालमा पु¥याइएको थियो ।
आफन्तका अनुसार उनको पेटमा ९ महिनाको गर्भ रहेको थियो ।
करेन्टबाट रमितालाई बचाउन पुगेकी २५ वर्षीय प्रमिला ध्यार र ६५ वर्षीय बेलु ध्यारलाई पनि करेन्ट लागेर घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
