काठमाडौ, ३१ भदौ । रास्वपाको सिंहदरवारस्थित संसदीय दलमा आज सर्वदलिय वैठक वस्यो ।
रास्वपाका सभापति रवि लामिछानेले बोलाएको उक्त बैठकले विपद् व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ।

बैठकले सभामुखमार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो ।

बैठकपछि बोल्दै सभापति लामिछानेले ,‘बाढी जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै दलहरुको प्रतिनिधत्व हुने गरी एक हप्ताभित्र संसदीय विशेष समिति बनाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको छ।’जानकारी दिनुभयो ।

बैठकमा रास्वपाका सभापति लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाबाट नेता ज्ञानबहादुर शाही, जनमत पार्टीबाट अध्यक्ष डा। सिके राउत लगायत नेताहरू सहभागी थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर