काठमाडौँ। रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । नेपाली सेनाको उद्धार टोलीले  सुरुङ भित्रबाट सञ्जय साह र कबिर महर्जनको जीवित उद्धार गरिएको हो ।

१० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार भएको छ ।उद्धार गरिएका उनीहरू सुरुमा केही नबोली रोएका मात्र थिए ।

 रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको हो ।

 गृहमन्त्री गुरुङले विपद्को कठिन परिस्थितिमा निरन्तर उद्धार कार्यमा संलग्न नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सेन्ट्रल कमान्ड सेन्टरका टोलीप्रति आभार व्यक्त गरेका छन्।

उनले उद्धारका क्रममा देखिएको निरन्तर प्रयास र समन्वयको प्रशंसा गर्दै माननीय सागर ढकाल र श्रीराम न्यौपानेको योगदानको समेत उच्च मूल्यांकन गरेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर