काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सांसद श्रीराम न्यौपानेले त्रिशूली-थ्री ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका छन् ।
भोटेकोशी बाढीपछि अहिले खोज तथा उद्धार जारी रहेको छ । सांसद न्यौपानेका अनुसार सेनाले भित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएको हो । नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको उनले बताएका छन्।
