
काठमाडौँ, १२ असार । आयामेली आन्दोलनका तीन खम्वा मध्ये एक कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
८२ वर्षीय कवि काइँलालाई बिहीबार मस्तिष्कघात(इसिमिक स्ट्रोक) भएपछि ओम अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
उहाँलाई राति एक्कासि बेहोस भएपछि अस्पताल लगिएको थियो ।
अस्पतालका अनुसार कवि काइँलामा ‘सेमी–प्यारालाइसिसको अवस्था देखिको तथापी उहाँको स्थिति सुधारोन्मुख छ ।
डा.विश्वनाथ कोइराला, डा.कृष्ण ढुंगाना, डा.प्रमेश श्रेष्ठसहितको चिकित्सकीय टोली उहाँको उपचारमा संलग्न हुनुहुन्छ ।
कवि काइँलाले जगदम्बा पुरस्कार तथा पद्मश्री पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।
‘वैरागी काइँलाका कविताहरु’ नाममा २०२१ सालमा प्रकाशित कविता कृतिका लागि उहाँलाई साझा पुरस्कार प्रदान गरिएको थियो ।