चीन, ११ असार । चीनको एउटा मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको र १६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
हताहत हुने अधिकांश सातदेखि १६ वर्षका बालबालिकाहरू रहेको बताइएको छ ।
उनीहरू खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए ।
शुक्रवार बिहानै आगलागी भएको र हाल नियन्त्रणमा लिइसकिएको स्थानीय निकायहरूले जनाएका छन् ।
घटनाको कारण के हो भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।
झङ्छेङ्ग काउन्टी सरकारले आफ्नो आधिकारिक वीच्याट च्यानलमा दिएको संक्षिप्त विज्ञप्तिमा उक्त मार्सल आर्ट्स सेन्टरका एक अधिकारीलाई पक्राउ गरिएको जनाइएको ।
सरकारी अधिकारीहरूले बीइङ्ग टोउटीआओ न्यूजलाई बताए अनुसार शुक्रवार बिहान ३ बजे आगलागी हुँदा आवासीय विद्यालयमा ३४ जना विद्यार्थी थिए ।
घाइते विद्यार्थीहरूलाई तत्काल अस्पताल पुर्याइएको थियो ।
रोयटर्स समाचार संस्थाले कुराकानी गरेको अभिभावकहरूले उनीहरूलाई आफ्ना बच्चाबारे कुनै जानकारी नदिइएको र बच्चालाई हेर्न पनि नदिइएको बताएका छन् ।बीबीसी
