काठमाडौं, १५ साउन । आजको सेयर बजार कारोबार १२.९६ अंक बढेर नेप्से परिसूचक २६८५ अंकमा कायम भएको छ ।
यो साताका अघिल्ला चारदिनसम्म बजार घटेको थियो ।
कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो ।
आज १८० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १३ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.७२, विकास बैंक ०.४८, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.४८, जलविद्युत् ०.६९, लगानी ०.२३, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.२४ तथा अन्य समूह ०.९३ प्रतिशत बढे । निर्जीवन बीमा र व्यापार समूह क्रमशः ०।१६ र ०.०७ प्रतिशत घटे ।
एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । सूचीकृत भएपछि यस कम्पनीको मूल्य लगातार बढिरहेको छ । त्यस्तै जोशी हाइड्रोपावरको ६।७९, अपर लोहोरेखोलाको ६.४४, युनिभर्सल पावरको ४.३२ तथा विकास हाइड्रोपावरको ३.६८ प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य ५.३३ प्रतिशत घट्यो । कालिन्चोक हाइड्रोपावरको ३.५५, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक छन् ।
