काठमाडौँ, १४ साउन । आज नेप्से परिसूचक १६.२९ अंकले घटेर नेप्से २६७२.५८ विन्दुमा ओर्लिएको छ ।

सोमरबार ३३‍.२८, मंगलबार ४.६४, बुधबार ७.७९ घटेको नेप्सेले बिहीबार पनि निरन्तरता पाएको हो ।

कारोबारमा आएकामध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्यो, २०६ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ४४ हजार ६५१ पटकको सेयर किनबेचमा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँ सेयर कारोबार भएको छ । किनबेचमा ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर खरिदबिक्री भयो ।

एभरेष्ट कलर लिमिटेडको १५,सेन्ट्रल फाइनान्सको २.७४, शुभम पावर लिमिटेडको २.१५, तारागाउँ रिजेन्सी होटलको २.०१, एमएमबी हाइब्रिड फन्ड एल( आइआइ को १.७७ प्रतिशतले मूल्य बढ्यो ।

कालिञ्चोक हाइड्रोपावरको १४.९९, कर्पोरेट विकास बैंकको १२.३०, सोलु हाइड्रुोपावरको ३.८२, ग्लोबल आएमई सम्मुनत योजना(२ को ३.७३, रिड्ज लाइन इनर्जीको ३.४७ मूल्य घट्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर