काठमाडौँ, १० असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २४ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ८९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयमा पीसीआर र एन्टिजेन परीक्षणबाट २४७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, चौविस घण्टामा २५१८ जना कोरोनाबाट विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको मन्त्रालयले जनाएको छ ।
