सुदूरपश्चिम, २४ असार । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट यस वर्ष चार कृषकलाई पुरस्कृत गरेको छ ।

कृषिकर्मका माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै थप चार जनालाई सम्मान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले जानकारी दिनुभयो ।

पुरस्कृत हुनेमा नौगाड गाउँपालिका–२, दार्चुलाका धनसिंह सितोली, घोडाघोडी नगरपालिका–२, कैलालीका मनोज खनाल, चुरे गाउँपालिका–१, कैलालीकी रिताकुमारी देउवा र वेदकोट नगरपालिका–५, कञ्चनपुरका कलुवा कामी रहनुभएको छ ।

उहाँहरुलाई आज धनगढीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले जनही रु ७५ हजार र सम्मानपत्रसहित पुरस्कृत गर्नुभयो ।

पुरस्कृत किसानले प्रदेश सरकारले विगत वर्षदेखि नै किसानलाई सम्मान र हौसला प्रदान गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो ।

असार १५ गते जिल्ला तथा आर्थिक वर्षभित्र जिल्लामा छनोट भएका उत्कृष्ट कृषकमध्येबाट प्रदेश तहमा पुरस्कृत गरिँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर