काठमाडौं, ९ असार । पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ४६१ जना पिअिसार परीक्षण गर्दा १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टीजेन परीक्षण गर्दा ९१० जनामा सो सँख्या पुष्टि भएको हो ।
यसैगरी सोही समयावधिमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० पुगेको छ ।

पछिल्लो चौविस घण्टैमा ३५५८ जना संक्रमित विसेक भएका छन् । यससँख्या सहित अहिलेसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित विसेक भइसकेका छन्।

पछिल्लो चौविस घण्टामा ८१ जना संक्रमितको ज्यान गएको छ । यससहित अहिलेसम्म ८८९४ जना संक्रमितको ज्यान गइकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर