काठमाडौं,  ९ असार । सर्वोच्च अदालतमा  संसद विघटन विरुद्ध  मुद्दाको आज (बुधबार)देखि निरन्तर सुनुवाइ  शुरु हुँदैछ ।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन  भएको छ।सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो।

त्यस्तै संसद विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार  असार ३ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाइसकेका छन्।

विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

बुधबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुँदैछ । कुल ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो ।

रिट निवेदक तर्फका कानुन ब्यवसायीलाई १५ घण्टा,   सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ ।  एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई र दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको छ । नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई  र सर्वोच्च अदालत बार एशोसिएसनले  वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका भएका छन्।

 

 


 

प्रतिक्रिया

सम्बन्धित खवर