विराटनगर,३० जेठ । उध्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कर्मचारीहरु सरकारी गाडीको दुरुपयोग गरी तस्करीको धन्दामा लागेको पाइएको छ ।
आफु मातहतका कार्यालयकाा कर्मचारी यसरी कालो धन्दामा लाग्दा पनि मन्त्री गौरी कुमारी यादव र मन्त्रालयका सचिव कृष्णवहादुर राउत भने देखावटी रुपमा भ्रष्टाचार सहनशिलता र नियम विपरित कार्य गर्नेलाई कारवाही गर्ने भाषण र निर्देशन जारी गर्दछन् ।
सो केन्द्रको अध्यक्ष स्वयंम मन्त्री र सचिव सदस्य रहने व्यवस्था छ ।
क्ेन्द्रका कर्मचारीको यो रवैयामा अहिले विराटनगरमा चर्चाको विषय भएको छ ।
ती कर्मचारी प्रति मन्त्री र सचिवको सुन्य सहनशिलता र कारवाही हेर्न वाँकी रहेको चर्चामा छ ।
जानकारीमा आए अनुसार उक्त काल ा धन्दामा वी एवी ८६३६ नंको गाडी प्रयोग गरेर रानी भन्सार भन्दा पारी बाट भारतीय सामान ओसार्द ै गाडीमा राखिरहेको अवस्थामा पत्रकारहरुले थाहा पाएपछि भागभाग गरेको बताइएको छ ।
केन्द्रका गाडी विराटनगर लगिरानी भन्सार पारी राखेको बताईएको छ ।
यस कार्यमा समितिका कर्मचारी सिध्दीचरण दहाल, नवराज मरहठ्ठा ड्रइभर केदार सुवेदी र उध्योग वाणिज्य संघमा कार्यरत कृष्ण रेग्मी संलग्न रहेको बुझिएको छ ।
उनीहरुले विराटनगरमाा आउनुको कारण वाणिज्य मन्त्रालयमा रहेका र भन्सारको सामान लिलामीका लागि त्यहाँ आएको झुठो विवरण पत्रकारलाई दिएका छन् ।
वुझिए अनुसार मन्त्री अध्यक्ष र सचिव सदस्य रहेको समितिको लिलामीमा कुनै भूमिका रहदैन । आफ्ने नाम उल्लेख नगर्ने सर्तमा समितिका कर्मचारीले त्यसरी सरकारी गाडि नियम विपरित उपलब्ध गराउन समितिका निमित्त कार्यकारी निर्देशक नविन शर्माको पनि भूमिका रहेको वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर