काठमाडौ, २१ जेठ । आज नेप्से परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से १३.४६ अंकले घटेर दुई हजार ७६६.७८ विन्दुमा कायम भएको छ भने कारोबार रकममा गिरावट आएको छ।

एक करोड ६ लाख १७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ७० करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। बुधबार पाँच अर्ब ७३ करोडबराबरको सेयर किनबेच भएको थियो।

म्युचल फन्ड ०.३२ प्रतिशतले उकालो लाग्दा बाँकी १२ समूह राताम्य देखिएका छन्। होटेल तथा पर्यटन, निर्जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।

बजार घटे पनि कालिन्चोक हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। न्यादी हाइड्रो ९.१६ प्रतिशतले बढ्दा सबैभन्दा धेरै घटेको एसबिएल डिबेन्चर १० प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर