काठमाडौं  ६ असार । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री काँग्रेस सुर्खेतको पूर्व पार्टी सभापति तप्त बहादुर विष्टको निधन भएको छ । कोरोना संक्रमणका कारण आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा  विष्टको निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

२२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति  विष्ट सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित हुनुहुन्थ्यो । जिल्लामै बसेर जनताको बीचमै रमाउने नेता बिष्ट कोरोना संक्रमणको शिकार बन्नुभयो ।

कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा  भर्ना भएका ६० वर्षीय विष्ट  स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि  मेडिसिटी हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर