काठमाडौं, ३ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ३९ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ८५९७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा २१४१ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म विसेक हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टीजेट परीक्षण गर्दा २६०७ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार उक्त सँख्या ७७७१ जनाको पिसिआर र ४७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरबाट १७६८ जना र एन्टीजेटबाट ८३९ जना अनुसार भएको हो ।
