काठमाडौ, १७ फागुन । आज नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै आज ५ अर्ब ६४ करोड रूपैयाँमा पुगेको छ।

यसदिन ३४१ वटा धितोपत्रको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच भएको हो।

आज १८७ कम्पनीको सेयरमूल्य बढेको छ भने ६४ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।

यसदिन साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६४२ रूपैयाँ ९० पैसा कायम भएको छ।

यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६२४ रूपैयाँ २० पैसा पुगेको छ भने हिमस्टार ऊर्जाको मूल्य सर्वाधिक घटेको छ।

उक्त कम्पनीको मूल्य ४.१६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १५ रूपैयाँ ९० पैसा पुगेको छ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ३.६१ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ५५६ रूपैयाँ ७० पैसा कायम भएको छ।

आइतबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ८५६ रूपैयाँ ९० पैसामा ३६ करोड ०५ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७।९० प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ। उक्त कम्पनीको ३१६ रूपैयाँमा ३३ करोड २१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर