काठमाडौँ,३० जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ४६ जनाको ज्यान गएको छ ।
यस सहित कोरोनाबाट ज्यान जानेको संख्या ८४१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २४०७ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही सँख्यामध्ये काठमाडौँ उपत्यकामा मात्र ६५३ जना संक्रमित रहेका छन् ।
जस मध्ये काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना रहेका छन् ।
यस सहित कुल संक्रमित संख्या ६ लाख २८ हजार ९४२ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौ्रविस घण्टामा ३९९४ जना संक्रमित विसेक भएका छन् । यस सहित विसेक हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ ।
