काठमाडौँ, २८ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६७ जनाको ज्यान गएको छ ।
योसँगै ज्यान जानेको संख्या ८३०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३७५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै संक्रमित संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ ।
यस्तै, सो समयावधिमा ५२२५ जना कोरोना संक्रमणबाट विसेक भएका छन् । योसँगै विसेक हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।
