काठमाडौँ, २८ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २९ गते बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार जारी रहेको छ ।
कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ ।
विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुने छन् ।
संस्थापन र शेखर पक्षबाट जीवन परियार, मिनेन्द्र रिजाल , रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन् ।खाण र लेखक सभापति देउबाको तर्फबाट र डाक्टर रिजाल र परियार नेता कोइरालाको तर्फबाट सदस्य हुन् । विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ ४ सदस्य वार्ता समिति बनाएको थियो।
