काठमाडौँ, २३ पुस ।  राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र जनता समाजवादी पार्टी बिच गठबन्धन भएको छ । सिट बाँडफाँड अनुसार देशभर रिक्त हुने १८ सिटमध्ये  कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ ।

कांग्रेसबाट कोशी प्रदेशबाट सुनिलबहादुर थापा अन्य, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान दलित, रञ्जित कर्ण,अपाङ्गतारअल्पसंख्यक, बागमती प्रदेशबाट गीता देवकोटा महिला,गण्डकी प्रदेशबाट जगत तिमिल्सिना अन्य, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी अन्य र बासुदेव जंगली,अपाङ्गतारअल्पसंख्यक, कर्णाली प्रदेशबाट ललतिजंग शाही अन्य  र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती  अन्य लाई उम्मेदवार बनाइएको छ ।

एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर