काठमाडौ, १० मंसिर । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरिरहेका पक्षधरहरुले आज यहाँ विशेष भेला आयोजना गरेको छ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित उक्त भोलि मंसिर ११ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनको मिति तोक्नुपर्ने भन्दै दवाव स्वरुप गरिएको हो ।
भेलामा बोल्ने नेताहरूले पार्टीको नेतृत्वले विधान मिचेको र पार्टीलाई अनिर्णयको बन्दी बनाएको भन्दै विधान अनुसार तत्काल विशेष महाधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भेलामा कांग्रेसका पुराना पुस्ताका नेता, विभिन्न जिल्लाका सभापतिहरू तथा नयाँ पुस्ताका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४ सय ९९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहितको लिखित माग यसअघि नै पार्टी कार्यालयमा दर्ता गराइसकेका छन्।
