काठमाडै,२३ जेठ । पछिल्लो चौविस घण्टामा कोरोनाबाट थप ९९ जनाको ज्यान गएको छ ।
योसँगै कोरोनाबाट ज्यान जानेहरुको संख्या ७ हजार ८९८ पुगेको छ ।
सोही समयावधिमा पीसीआर विधि र एन्टिजन विधिबाट १३,७३३ जनाको परीक्षण गर्दा थप ३,४७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ३८ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार विगत चौविस घण्टामा ६,६३६ जना सङ्क्रमित विसेक भएका छन् ।
संक्रमित सँख्यामध्ये काठमाण्डौमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ गरी कुल ११३१ जना मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले आईसीयूमा १,४४२ र भेन्टिलेटरमा ३८१ जना रहेका छन् ।
