काठमाडौँ, २१ कात्तिकः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समानुपातिकतर्फको बन्दसूची बुझाएर पुसको तेस्रो साता महाधिवेशन गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।

काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पुर्व जिल्ला सभापतिहरुसँगको अनौपचारिक छलफलमा नेपाली कांग्रेसका नेता डा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु । अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ उहाँले बताउनुभयो ।

कोइरालाले आग्रह गर्नुभयो आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ ।

२०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ ।
नेपाली कांग्रेस अहिले एकतावद्ध, गम्भिर, जिम्मेवार, संयम भै अघि बढ्नुपर्छ र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ धारणा व्यक्त गर्दै कोइरालाले बिगतमा पार्टीले थुप्रै आरोह-अवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न उल्लेख गर्नुभयो । ।

म पार्टीमा एकता, मेलमिलाप चाहन्छु । गुट, उपगुट र फु्‌टको अन्त्य गर्न चाहन्छु ।कोही कसैप्रति आग्रह-पुर्वाग्रह नराखी हामी अघि बढ्नै पर्छ ।
देशभरका इमान्दार, निष्ठावान् र निरन्तर क्रियाशिल रहेका साथीहरुले पार्टीलाई बचाइरहनु भएको छ । पार्टीका लाखौँ शुभेच्छुकहरु र बाह्य सबै पक्षले अहिले नेपाली कांग्रेसको निर्णय हेरिरहेका छन, पर्खिरहेका छन् उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर