काठमाडौँ,२० जेठ । पछिल्लो चौविस घण्टामा थप ७५ जनाको ज्यान गएको छ ।
योसँगै कोरोनाबाट ज्यान जानेको संख्या ७६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा १८ हजार ५६२ पीसीआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा थप ६८२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै संक्रमित सँख्या १ लाख १ हजार ८३९ जना रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ५९०४ जना संक्रमित विसेक भएका छन् ।
योसँगै विसेक हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ पुगेको छ ।

