
काठमाडौं २१ असोज । अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।
अनेरास्ववियु नेकपा एमाले निकट विद्यार्थी संगठन हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले बताउनुभयो ।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद, सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।