काठमाडौं, १९ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १०१ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा  ५३१६ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर मार्फत ४ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएको थियो ।
यसैगरी सो समयावधिमा ७२१९ जना संक्रमित विसेक भएका छन् ।
यस्तै उपत्यकामा कुल १४५६ जना संक्रमित पुष्टि भएका छन् । जसमध्ये काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर