काठमाडौँ,१८ जेठ। पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। यस्तै ६८९८ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ।
बिगत ४ दिनदेखि संक्रमण हुने भन्दा निकोहुनेको संख्या घटी रहेको छ ।त्यस्तै मृतकको संख्यामा पनि उल्लेख्य कमि देखिन थालेको छ ।धेरै दिन पछि आज एकसय भन्दा निकै कम ६८ जना संक्रमितको निधन भएको छ । यसले अब कोरोना घट्ने क्रममा रहेको संकेत दिएको बताइन्छ ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को महामारीका सम्बन्धमा अनाधिकृत व्यक्तिले अनावश्यक बोल्न र टिप्पणी नगर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चारमाध्यममा बोल्ने र टिप्पणी नगर्न आग्रह गर्नुभएको हो ।
