काठमाडौ, २२ भदौ । मुख्य चार राजनीतिक दलका युवा नेताहरूले कतै पश्चगमनको गन्ध आयो भने प्रतिवादमा उत्रनुको विकल्प छैन । यसमा हामी एकमत छौं, भनुभएको छ ।

जेन जीको आन्दोलनपछिको परिस्थितिमा चारवटै दल युवा नेताहरुले आन्तरिक छलफल पश्चात सो धारणा व्यक्त गरेका हुन ।

आन्तरिक छलफलमा राजा र सैन्य शासनका कुरा पनि यदाकदा गर्न थालिएका छन् । कुरा हुनु र प्रक्रियामा अगाडि बढ्न खोज्नु फरक छ । यदि प्रक्रियामा कतै पश्चगमनको गन्ध आयो भने प्रतिवादमा उत्रने विषयमा एकमत भएको छलफलमा सहभागी एक नेताले बताउनुभएको कुरा अनलाइनमा प्रकाशित समाचारमा जनाइएको छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाल भर्चुअल संवादमा हुुुनुहुन्छ ।

चारवटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुट्नुभएका उहाँहरुले तीनबुँदे निष्कर्षसमेत निकालेका छन् ।

पहिलो, दलहरूले आत्मसमीक्षा गर्नुपर्छ । दोस्रो, जेनजीका माग सम्बोधन हुनुपर्छ । तेस्रो,पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्छ ।

छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ ।

राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उहाँहरु एकमत रहनुभएको छ ।

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर