काठमाडौ, २४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
जेनजीको आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको थियो ।
राष्ट्रपति पौडेल नेपालको संविधान अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गर्नुभएको राष्ट्रपतिका एक सल्लाहकारले बतबउनुभएको छ ।
