काठमाडौं, १५ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ११६ जनाको ज्यान गएको छ ।
यससँगै ज्यान जानेको कुल सँख्या ७१६३ पुगेको स्वास्थ्य तथा जनसंख्याले मन्त्रालयले जनाएको छ ।
यसैगरी सो समयावधिमा १४००६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षण गर्दा ४४८७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।
अहिले १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो चौविस घण्टामा ६०८० जना संक्रमित विसेक भएका छन् । यो सँगै विसेक हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर