काठमाडौं, १४ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ९६ जनाको ज्यान गएको छ ।
यस सँख्यासँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ६९५१ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ भने १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
चौविस घण्टामै ९८४१ जना संक्रमित विसेक भएसँगै अहिलेसम्म कुल संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर