काठमाडौँ,१३ जेठ । पछिल्लो चौविस घण्टामा १०६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
यससँगै मृतक सँख्या ६९५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा २० हजार ४१४ पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षण गर्दा थप ६९३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ७२२६ जना संक्रमणबाट विसेक भएका छन् । योसँगै विसेक हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर