अमेरिका, ३० असार । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनलाई युद्धमा सघाउन आफूले उन्नत अस्त्रहरू पठाउन लागेको घोषणा गर्नुभएको छ ।

अमेरिकाको स्थानीय समयानुसार आइतवार राति बोल्दै उहाँले त्यसरी पठाउन लागिएका लागेका अस्त्रमा प्याट्रिअट क्षेप्यास्त्रहरू भएको पुष्टि गर्नुभएको छ । युक्रेनलाई सैन्य सहयोग गर्न लागेको र पुटिनको विषयमा उहाँले बोलेको कुरालाई निकै महत्त्वपूर्ण मानिएको छ।

ट्रम्प केही समयअघिसम्मका उहाँका सार्वजनिक उद्‌गारहरूमा पुटिनप्रति उदार देखिनुभएको थियो । तर उहाँले पछिल्लो समयमा आफ्नो धारणा र भाषा फेर्नु भएको छ ।

रुसले युक्रेनमाथि हवाई आक्रमण बढाएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता अमेरिकाले युक्रेनलाई पुनः सैन्य सामग्रीको आपूर्ति गर्न थालेको बताउनुभएको थियो ।

ूहामीले वस्तुतः उनीहरूलाई युक्रेनलाईे धेरै वटा निकै उन्नत सैन्य ृउपकरणे पठाउन लागेका छौँ, सञ्चारकर्मीहरूलाई उहाँले भन्नुभएको छ ।

ट्रम्पले अहिले आपूर्ति गरिएका सामग्रीका लागि अमेरिकाले शत प्रतिशत भुक्तानी पाउने बताउनुभयो । निकै पहिलादेखि नै त्यसो हुनुपर्थ्यो। तर त्यस्तो भुक्तानी युक्रेन, ईयू, नेटो वा सबै पक्षबाट संयुक्त हुने भन्ने अस्पष्ट छ।

ट्रम्पले अहिले युक्रेनलाई दिन लागिएका अस्त्रहरूको सङ्ख्या खुलाउन अस्वीकार गर्नुभएको छ । हामी उनीहरूलाई प्याट्रिअट पठाउँछौँ जुन उनीहरूलाई निकै आवश्यक छ।

रुसले युक्रेनमा हवाई हमला गर्ने क्रम बढाएकै बेला ट्रम्पले युक्रेनलाई सैन्य सामग्री दिने घोषणा गर्नुभएको हो । ट्रम्प मस्कोले युद्धविराम गर्ने दिशामा काम नगरेकोमा असन्तुष्ट देखिनुभएको छ ।

ूपुटिनले साँच्चै धेरै मान्छेलाई विस्मित पारेका छन्। उनी राम्रो कुरा गर्छन् अनि बेलुका सबैलाई बम हान्छन्, रुसी राष्ट्रपतिको आलोचना गर्दै उहाँले भन्नुभयो ।

त्यहाँ केही समस्या छ। मलाई त्यो मन पर्दैन।

पहिला पुटिनप्रति उदार देखिएका बेला ट्रम्पले रुसी मान्यताअनुरूप नै युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई तानाशाह भन्नुभएको थियो । युक्रेन युद्धमा रुस आक्रमणकारी भएको ब्यहोरासहित संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत एउटा प्रस्तावको विपक्षमा अमेरिका उभिएको थियो।

तर अहिले अमेरिकाको मान्यतामा परिवर्तन भएको छ। पुटिनसँग आफू दिक्क भएको भन्दै केही समयअघि ट्रम्पले यदि रुसले युद्धविराम गर्न विलम्ब गरेको आफूलाई लागे रुसी तेलको निर्यातमा नयाँ शुल्कहरू लगाउने चेतावनी दिनुभएको थियो ।

गत जुलाई ३ मा दुई नेताहरूबीच फोनवार्ता भएको थियो। त्यस बेलादेखि नै उनले युद्धविराम नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

म त्यसप्रति सन्तुष्ट छैन। हामीले पुटिनबाट धेरै कपटपूर्ण कुरा सुनेका छौँ यदि तपाईँहरू साँचो कुरा जान्न चहानुहुन्छ भने, आफ्नो क्याबिनेट बैठकमा उहाँले भन्नुभएको थियो ।

ट्रम्पका विशेषदूत तथा सेवा निवृत्त जेनरल किथ केलग युक्रेनको राजधानी पुगेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगीले सामाजिक सञ्जाल एक्सुमा हालेको भिडिओमा जेनरल केलग रेलबाट ओर्लिँदै गरेको र आन्द्रियि येर्माकले उनलाई स्वागत तथा अङ्कमाल गरेको देखिन्छ।

आफ्नो भ्रमणका क्रममा केलगले युक्रेनको सुरक्षा र रुसविरुद्ध लगाउन सकिने प्रतिबन्धबारे छलफल गर्ने ठानिएको छ। वाशिङ्टन डीसीमा ट्रम्प र नेटोका महासचिव मार्क रुटसँग भेट हुन लागेको छ। बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर