काठमाडौँ, १५ असारः नेपाली कांग्रेसले पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधनसहित० को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोला प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले विमला नेपाली ९दाङ०, दीपक उप्रेती ९झापा०, जीतबहादुर घिमिरे ९काठमाडौँ०, रामेश्वर पौडेल ९भक्तपुर०, किरण पोखरेल ९अर्घाखाँची०, बद्री ढकाल ९कैलाली०, कमल काफ्ले ९स्याङ्जा०, रामप्रसाद ढकाल ९धादिङ०, छिरिङ लामा ९मुगु० र निशा पाण्डे ९काठमाडौँ०लाई मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर