काठमाडौँ, ८ असार :अमेरिकाले इरानका तीन आणविक साइटमा आक्रमण गरेको छ ।राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बमबारी गरेको बताएका छन्।

ट्रम्पले ती हमलाहरू “निकै सफल” भएको जनाउँदै इरानको मुख्य प्रशोधन स्थल फोर्दोमा बमको “फूल पेलोड” खसालिएको समेत बताए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग “शत्रुको आक्रमणमा परेको” जनाएको छ।

ट्रम्पले आफ्नो सोसल मिडियामा लेख्दै सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर