काठमाडौं, ३ असार। नेपाली कांग्रेसले भोली विहान ८ वजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक भोलि नै बस्ने भएकाले आकस्मिक भनिएको हो ।

उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा सहभागी हुनका लागि पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको उहाँले बताउनुभयाो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर