काठमाडौँ, १० जेठ । पछिल्लो चौविस घण्टामा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८४६ पीसीआर र ६०७ जनाको एन्टीजेन परीक्षण गर्दा सो सँख्या पुष्टि भएको हो ।
पिसिआरबाट ७२२० र एन्टीजेन विधिबाट २०५ जना गरी ७४२५ संक्रमित पुष्टि भएका हुन् ।
यसैगरी ७१३५ जना संक्रमणबाट विसेक भएका छन् । योसँगै विसेक हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार अहिले कोरोनाबाट थप १८५ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर