काठमाण्डौं, ३१ वैशाख । सेयर बजार लगातार चौथो दिन घटेको छ । यो साताको पहिलो दिन आइतबारबाट आज बुधबारसम्म बजार निरन्तर ओरालो लाग्दा परिसूचक नेप्से २६२० अंकमा कायम भएको छ । आज बुधबार नेप्से १३.९६ अंक घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो मंगलबारको दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको मत्र बारोबार भयो । आज १८३ कम्पनीको मूल्य घट्यो । ६२ कम्पनीको मूल्य बढ्यो । एउटाको स्थिर रह्यो ।
आज दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूहको बजार मूल्य घट्न गएको छ ।
बैंकिङ ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ तथा व्यापार ०.६९ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स पावरको ७.८८, उपकार लघुवित्तको ६.३१, नेपाल पुनर्बीमाको ५.६६ तथा लुम्बिनी विकास बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको १०, नेपाल माइक्रो इन्स्योरेन्सको ९.७१, बाराही हाइड्रोपावरको ९.२६, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.५५ तथा बुटवल पावरको ६.१२ प्रतिशत मूल्य घट्यो ।
राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप तथा लुम्बिनी विकास बैंक चाहिं आज धेरै कारोबार भएका कम्पनीमा परेका छन् ।
