काठमाण्डौं, ३० बैशाख । राजनधानीबाट पूर्व जाने बीपी राजमार्गको सडक यातायात सोमबार रातिदेखि बन्द भएको छ । दिनभर पानी परेर बढेको  रोशी खोलाको बाढीले सो राजमार्गको माप्तीस्थित डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

सोमबार दिउँसोको निरन्तरको वर्षापछिको बाढीले स्थानीय एक महिला वेपत्ता बनाएको छ । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा ३३ वर्षीया रेनुका गिरी बेपत्ता छिन् ।

सोामबार दिनभरको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा समेत परेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर