काठमाडौँ, ८ जेठ । पछिल्लो चौविस घण्टामा कोरोनाबाट थप १२९ जना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतक सँख्या ६१५३ जना पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा थप ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षण गर्दा सो पुष्टि भएको हो ।
पिसिआर विधिबाट ८५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन् ।
यससँगै संक्रमितको कुल संख्या ५ लाख ५६ हजार ६४३ पुगेको छ ।
अहिले ८ हजार ८४८ जना संक्रमित विसेक भएका छन् । यससँगै विसेक हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर